Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

आगलागी हुँदा एकै परिवारका चार बालवालिकाको मृत्यु

काठमाडौं १० वैशाख । जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो।

आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो। मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्कीको मृत्यु भएको हो। यस्तै उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार शुक्रबार राति सवा ११ बजेतिर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीलाई पौने १२ बजे खबर पुगेको उनले जानकारी दिए।

घरमा लागेको आगो नियन्त्रण्मा लिईसकिएको छ। डिएसपी चन्दका अनुसार जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँसहितको टोली नै घटनास्थल पुगेको छ।

‘आगलागीबारे राति ११ : ४५ बजे हामीलाई जानकारी भयो प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो।’

मानसिंह र उनका श्रीमति फागुनी, बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनीहरुको अवस्था सामान्य रहेको डिएसपी चन्दले बताए। आगलागीपछि उनीहरु बेहोस भएका थिए ।

‘उहाँहरु बाहिर निस्किएको भन्ने छ, त्यही बेला आगलागी हुँदा घरमा भएका बालवालिकाको मृत्यु भएको बुझिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com