Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले साताको ३ दिन उडान भर्ने

काठमाडौं ८ वैशाख । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान भर्ने जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको हो। अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एयरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरूमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताए।

जजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ। अन्य एयरलाइन्स पनि सम्पर्कमा छन्, उनले भने।
गौतबुद्ध विमानस्थल बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको छ। विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार नयाँ धावनमार्गमा बिहीबारदेखि नै आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण सुरू गरेको र आपत पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने व्यवस्था गरिएको छ।

अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान अवतरणमा कुनै समस्या भएमा जहाजलाई विदेश नफर्काइ भैरहवा पठाइने विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

भैरहवा विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओ ले पनि स्वीकृति दिइसकेको छ। ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ।
अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com