Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

राजा फर्कने सम्भावना सकियो : कमल थापा

काठमाडौं ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्कने सम्भावना सकिएको बताएका छन्।आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भने विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ। तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो ।


नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले पार्टीहरू असफल भएर राजा आउने होइन भन्दै एउटा पार्टी असफल भए अर्को आउने समेत बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो,वैमनस्यता छैन।तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्,मेरो शुभकामना छ।

पार्टीहरु असफल भएर राजा आउने होईन। एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरुनै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असंभव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असंभव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई वन्धक बनाउन हुँदैन। २ /३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन।

मलाई थाहा छ, अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ। अहिले गालि गलौज र आरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com