Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

विद्यार्थीले शिक्षकलाई तलब खुवाउनका लागि होली खेलेर चन्दा उठाए

२ वैशाख, काठमाडौं । डोटीको शिखर नगरपालिका वडा ११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा डेस्क बेञ्चको अभावले बालबालिका भुइँमै बसेर परीक्षा दिन बाध्य भएका छन् ।

विद्यालयका कक्षा १ देखि ३ सम्मका करिब ८० जना विद्यार्थीले विद्यालयका प्राङ्गणको भुइँमा बसेर परीक्षा दिन बाध्‍य रहेको विद्यालयका प्रधानाध्यापक दीपक बोहराले बताए ।

उनका अनुसार कक्षा १ देखि ६ कक्षासम्मको विद्यार्थीको लागिसमेत डेस्क छैन । उनीहरु पढ्दा पनि बेञ्चमा बसेर काखमा कपी किताब राखेर लेखपढ गर्न बाध्य छन् ।

कक्षा सात र आठका बालबालिकाको लागि मात्रै डेस्क छ । विद्यालयको स्रोत नभएकोले विद्यार्थीको लागि पर्याप्त डेस्क बेञ्च बनाउन नसकेको प्रधानाध्यापक बोहराले बताए ।

उनले भने, ‘डेस्क बेञ्च बनाउन सकिएको छैन । विद्यालयमा प्रावि तहको मात्रै शिक्षक भएर निमावि तहको लागि दुई जना शिक्षक आन्तरिक स्रोतबाट राखेका छौं । उहाँहरुलाई तलब खुवाउन त्यस्तै मुस्किल छ ।

प्रधानाध्यापक बोहराका अनुसार विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । चैत २८ देखि विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । वैशाख ७ गते परीक्षा सकिनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com