Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

सातामा दुई दिन बिदा दिने विषयमा सरकारले कुनै निर्णय गरेको छैन

काठमाडौं २ वैशाख । सातामा दुई दिन बिदा दिनेबारे बहस भइरहे पनि सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका कार्कीले दुई दिन बिदा दिने निर्णय भइसकेको छैन

निर्णय भएको भए सार्वजनिक गरिन्थ्यो,’ मन्त्री कार्कीले भने, ‘सातामा दुई दिन बिदा दिने बहसको विषय छ। निर्णय नै नभएकोले यस विषयमा धेरै कुरा भन्न मिलेन।

पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिनुपर्ने बहस भइरहेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com