Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पाकिस्तानमा सहबाज सरिफ बने निर्विरोध प्रधानमन्त्री, इमरानको पार्टीका सबै सांसदले राजीनामा दिने

पछिल्लो समय राजनीतिक उथुलपुथल भइरहेको पाकिस्तानमा सहबाज सरिफ नयाँ प्रधानमन्त्री बनेका छन्। सोमबार नेसनल एसेम्ब्लीमा पाकिस्तान मुस्लिम लिग नवाजका सरिफ निर्विरोध प्रधानमन्त्री नियुक्त भएका हुन्। उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन्।

संसदको सबैभन्दा ठूलो दल इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पिटिआई का सांसदहरूले निर्वाचन बहिष्कार गरेपछि सरिफ निर्विरोध प्रधानमन्त्री चयन भएका हुन्।

३४२ सदस्यीय एसेम्ब्लीमा पिटिआईका १५५ जना सांसद छन्। शनिबार राति इमरानविरूद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका थिए। खानले विपक्षीलाई देशद्रोहीको संज्ञा दिँदै उनीहरूसँग संसदमा सँगै नबस्ने बताएका छन्।

पिटिआईका सबै सांसदहरूले राजीनामा दिने बताइएको छ।

सन् १९४७ मा अंग्रेजहरूले भारत छोडेपछि भएको विभाजनले पाकिस्तानको जन्मिएको थियो। पाकिस्तानको ७५ वर्षको इतिहासमा अहिलेसम्म सबै प्रधानमन्त्रीले नियति इमरान खानको जस्तै थियो अर्थात् उनीहरूमध्ये कसैले पनि पाँच वर्षे पूर्ण कार्याकाल पूरा गर्न पाएनन्। तीमध्ये कतिलाई भ्रष्टाचार आरोपमा अदालतले सत्ताबाट हटायो। कतिले पार्टीको आन्तरिक मामिला मिलाउन नसक्दा प्रधानमन्त्री छोड्नु पर्‍यो। पटक(पटक पाकिस्तानी सेनाले गरेको कूका कारण पनि केही प्रधानमन्त्रीले सत्ता छोड्नु पर्‍यो भने एकजना प्रधानमन्त्रीको हत्या भएको थियो।

अहिलेसम्म पाकिस्तानमा एक जना प्रधानमन्त्रीले जम्मा दुई सातामात्रै पदमा बस्न पाएका थिए भने सबैभन्दा बढी प्रधानमन्त्री हुनेले ४ वर्ष दुई महिना सरकार चलाएका थिए। सन् १९९३ मा पाकिस्तानमा एकै वर्ष पाँच जना प्रधानमन्त्री परिवर्तन भएका थिए।

हेर्नुस् सूची

१.लिक्वत अली खान १९४७(१९५१, हत्या)

२.खावाजा नजिमुद्दिन १९५१(१९५३, गभर्नर जनरलले हटाइदिएका)

३. मुहम्मद अलि बोग्रा १९५३(१९५५, राजीनामा)

४.चौधरी मोहम्मद अलि १९५५(१९५६, पार्टीको आन्तरिक विवादले सत्ताच्यूत)

५.हुसेन सहीद सुह्रावार्डी १९५६(१९५७ शक्ति समूहको संघर्षले सत्ताच्यूत)

६.इब्राहिम इस्माइल चुन्द्रिगर १९५७(१९५७ संसदमा अविश्वास प्रस्ताव आएपछि राजीनामा)

७.मलिक फेरोज खान नुन १९५७(१९५८, सैनिक कू)

८.नुरूल आमिन १९७१(१९७१, पाकिस्तानबाट बंगलादेश छुट्टिएपछि राजीनामा)

९.जुल्फीकर अलि भुट्टो १९७३( १९७७, सैनिक कू)

१० मुहम्मद खान जुनेजो १९८५( १९८८, राष्ट्रपति रहेका सेना प्रमुखबाट बर्खास्त)

११.बेनेजिर भुट्टो १९८८(१९९०, भ्रष्टाचार आरोपमा बर्खास्त)

१२. नवाज सरिफ १९९०(१९९३, राष्ट्रपतिबाट बर्खास्त)

१३. बेनेजिर भुट्टो १९९३(१९९६, राष्ट्रपतिबाट बर्खास्त)

१४. नवाज सरिफ १९९७(१९९९, सैनिक कू)

१५.जफरूल्लाह खान जमाली २००२(२००४, राजीनामा)

१६.युसुफ राजा गिलानी २००८(२०१२, अदालतको अपमान मुद्दामा अयोग्य ठहर)

१७. नवाज सरिफ २०१३(२०१७, अदालतबाट अयोग्य ठहर)

१८. इमरान खान २०१८(२०२२, अविश्वासको प्रस्ताव पारित)

(समाचार संस्था रोयटर्सबाट साभार) एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com