Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

विगतका तीता कुरा बिर्सने र आगामी दिनमा शसक्त बन्ने कमल थापा

काठमाडौं ८ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तीता कुरा बिर्सने र त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बड्ने र आज जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै कमल थापाले राप्रपा नेपाल सँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको बताएका छन ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने तर्फ चिन्ता ब्यक्त गर्दै थापाले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरेका छन । राप्रपा नेपाललाई काँग्रेस कम्युनिस्टको विकल्पको रुपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सवै अलमलिएको समेत आरोप लगाएका छन ।

बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवं केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको थियो । भने बाँकी जिल्ला अध्यक्षहरूको बैठक चाँढै नै गरिने राप्रपा सचिवालयले जनाएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com