Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

तीन जिल्लामा पुग्ने प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं ६चैत । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार मोरङलगायतका तीन जिल्लाको कार्यक्रममा सहभागी हुन प्रदेश १ आउने भएका हुन ।

प्रधानमन्त्रीले मोरङको सुन्दर हरैंचा नगरपालिका नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्ने, सोही वडाको बुधबारेमा रहेको कृषि बजारको भवन शिलान्यास गर्ने तथा वडा नम्बर १ को सुन्दर हरैंचा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जसका लागि देउवा हेलिकप्टर चढेर आउनेछन् । सुन्दरहरैंचाको कार्यक्रम सकेपछि प्रधानमन्त्री पाँचथर जाने र त्यसपछि खोटाङ जाने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बूले भोलि सुन्दर हरैंचाको स्वास्थ्य केन्द्र भवन उद्घाटनका लागि प्रधानमन्त्री आउन लागेको आफूले जानकारी पाएको बताएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com