Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पल शाहलाई नवलपरासी प्रहरीले बयान सकेर तनहुँमा फिर्ता

काठमाडौ चैत १ जबर्जस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरीले बयान सकेर तनहुँमा फिर्ता पठाएको हो । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका पल शाहसँग प्रहरीले बयान लिएर एक साता सम्म अनुसन्धान गरेको थियो ।

पलविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी थिइन। पूर्वी नवलपरासीमा शाहले नाबालिगलाई बलात्कार गरेको आरोपबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com