प्रधानमन्त्री देउवालाई भेटे अध्यक्ष ठाकुरले
काठमाडौं २८ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटघाट गरेका हुन । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाको साथमा बालुवाटार पुगेका अध्यक्ष ठाकुरले मधेस मुद्दाको बारेमा छलफल गरेको बताइएको छन ।
जवाफमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयकलगायतका विषय संसद्बाट पारित हुने विषय हो तर विपक्षी दल संसद् अवरोध गरेको कारण हुन नसकेको यद्यपि आफ्नो प्रयास जारी रहेको प्रतिक्रिया दिएको ती नेताले बताए । अध्यक्ष ठाकुर गत माघ २० गते पनि यिनै विषयका बारेमा प्रधानमन्त्री देउवालाई भेटेका थिए ।