Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

आज दिउँसो भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु श्रीमती घाइते

जनकपुरधाम। महोत्तरीमा आज दिउँसो भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
औरही नगरपालिका वडा४ स्थित माईस्थान सम्सी सडक खण्डमा गौशालाबाट सम्सी तर्फ जाँदै गरेको प्र २–०२–००३ प ५१५९ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ५ ख ७७२७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका वडा नं २ निगौल बस्ने ४० बर्षका रामपुनित ठाकुरको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो। घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकलमा पछाडी सवार निजकै श्रीमती ३८ वर्षकी उर्मिला ठाकुर घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com