Yeti Khabar

२०८१ भाद्र ३०, आईतवार - Sun Sep, 2024 -

प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशनअन्तर्गतको संसद बैठक साढे तीन महिनापछि आज आइ बस्दै

विराटनगर आइतबार प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशनअन्तर्गतको संसद बैठक साढे तीन महिनापछि आज आइ बस्दै छ। हिउँदे अधिवेशनको नियमित बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

तर बैठकमा प्रदेशको नामाकरणको विषयले भने प्रवेश नपाउने भएको छ। बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचना अनुसार आजको प्रदेशसभा बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ।

यसअघि प्रदेश सरकारले नामकरणको विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठकमा कुनै निस्कर्ष निस्कन सकेन। सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएका थिए। तर नामका विषयमा सहमति जुट्न नसकेपछि संसद् बैठकमा त्यस विषयले प्रवेश नपाउने भएको हो।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि गत मंसिर १ गतेदेखि बैठक स्थगित गरिएको थियो। प्रदेशसभामा बिजनेस अभाव भएको भन्दै लामो समयसम्म बैठक स्थगित गरियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com