Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीचको भेटवार्ता

एमसीसीले मुलुकको राजनीति पेचिलो भएकै बेला प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीचको भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेको एक साता नबित्दै ओली मंगलबार देउवा भेट्न बालुवाटार पुगेका हुन् ।

देउवा गत फागुन ५ गतेमात्र ओली भेट्न बालकोट पुगेका थिए । उनीहरुबीच करिव डेढ घण्टा गोप्य वार्ता भएको थियो । बालकोटमा देउवा र ओलीको भेटवार्तापछि सत्तापक्षकै विरोधकाबीच फागुन ८ गते एमसीसी संसदमा टेबल भएको थियो । यद्यपी देउवा ओली बालकोट भेटको भित्रि रहस्य अहिलेसम्म सार्वजनिक भएको छैन ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com